सर्लाही। सर्लाहीमा कुखुरा फर्ममा आगलागी भएको छ। उक्त आगलागीमा परेर ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भएको हो।
सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार आगलागीमा २ सय कुखुरा, ३ हजार चल्ला, दाना र फर्मको कच्ची घरसमेत जल्दा रु ९ लाख ५० हजार बराबरको क्षति भएको हो।
आगोलाई स्थानीयवासी र प्रहरी मिलेर नियन्त्रणमा लिएको उनले जानकारी दिएका छन्।