काठमाडौं। काठमाडौंको एक होटलमा युवतीसहित सोमबार बिहान पुगेका युवक कोठामै मृत भेटिएका छन्। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनिखेलका ३४ वर्षीय श्रीकृष्ण श्रेष्ठ धुम्बाराहीको विभोर होटलमा सोमबार बिहान पुगेकाे प्रहरीले जनाएको छ।
काठमाडौँ प्रहरी परिसर प्रवक्ता प्रमेश विष्टका अनुसार कोठा बुक गरेर बसेका उनी अचेत भएपछि सँगै रहेकी युवतीले होटल व्यवस्थापनलाई खबर गरेकी थिईन्।
श्रेष्ठ छाती दुखेको भन्दै ओछ्यानमा गएर पल्टिएका थिए। त्यसपछि युवतीले बोलाउँदा उनी नउठेपछि हल्लाखल्ला भएको विष्टले बताए।
प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।