त्रिविका आंशिक प्राध्यापकहरुले सम्झौताअनुसारकै पारिश्रमिक पाउने

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंशिक प्राध्यापकहरुले सम्झौताअनुसारकै पारिश्रमिक पाउने भएका छन्। आंशिक प्राध्यापकहरुसँग गरेको सम्झौताको सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अन्तर्गतका आंगीक क्याम्पसहरुलाई परिपत्र सर्कुलरसमेत गरेको छ।

त्रिविका विभिन्न क्याम्पसमा कोर्स करार गरी अध्यापन कार्यमा संलग्न आंशिक शिक्षकहरुको पारिश्रमिक आगामी सेमेस्टर/शैक्षिक सत्रदेखि लागु हुने पत्रमा उल्लेख छ। यस्तै, माघ २ गतेको बैठकबाट त्रिविअन्तर्गत निकायहरुमा शिक्षकहरुलाई क्याम्पसको आवश्यकता, औचित्यता, ज्येष्ठता, निरन्तरता, अनुभव र तोकिएको पूर्णकक्षाभारका आधारमा नियमानुसार प्रक्रिया पूरा गरी त्रिवि केन्द्रीय कार्यालयको स्वीकृतिमा क्याम्पसको आन्तरिक स्रोतबाट खर्च व्यहोर्ने गरी शिक्षण सहायकसरहको पारिश्रमिक पाउने गरी व्यवस्थापन गर्ने बताइएको छ।

क्रेडिट प्रणालीअनुसार कक्षा लिनका लागि प्रतिक्रेडिट १७ हजार चार सयका दरले र वार्षिक प्रणालीमा प्रतिपिरियड पाँच सय ९० का दरले १५० घण्टाको हुने पारिश्रमिक कोर्स पूरा भएपछि एकमुष्ठ वा सम्झौतामा उल्लेख भएबमोजिम किस्ताबन्दीमा भुक्तानी दिनुपर्ने उल्लेख छ।

अन्य सम्बन्धित समाचार:  हात्तीपाईले रोगको सर्वेक्षण र परीक्षण सुरु