इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले आफ्नो मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेको छ । क्लबले खराब प्रदर्शनलाई निरन्तरता दिएपछि क्लब उनलाई बर्खास्त गर्ने र्निायमा पुगेको हो।
चेल्सीले एफए कपको चौथो राउन्डमा लुटोनमाथि ३–१ को जित निकालेको भोलिपल्टै लाम्पार्डलाई बर्खास्त गरेको हो । ४२ वर्षीय लाम्पार्डले चेल्सीमा प्रशिक्षकको रुपमा १८ महिना बिताए। यसक्रममा लाम्पार्डको प्रशिक्षणमा चेल्सीले ८४ खेल खेल्दा ४४ जित, १७ बराबरी र २३ हारको नतिजा निकालेको थियो।
अघिल्लो सिजनको उनको प्रशिक्षणमा चेल्सीले शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गराएपनि यो सिजन चेल्सीको प्रदर्शन बिर्सनलायक बनेको छ । सोही कारण क्लबले उनलाई बर्खास्त गरेको हो ।