बंगलादेशको क्लिन स्विप

 बंगलादेशले तेस्रो तथा अन्तिम ओडिआई खेलमा वेस्टइन्डिजलाई १ सय २० रनको फराकिलो अन्तरले हराउँदै सिरिजमा क्लिनस्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम खेलमा वेस्ट इन्डिजलाई १ सय २० रनले पराजित गर्दै बंगलादेशले सिरिज ३-० ले आफ्नो बनाएको हो ।

बंगलादेशले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ४४ ओभर २ बलमा अलआउट हुँदै १ सय ७७ रनमा समेटियो । वेस्ट इन्डिजका रोभम्यान पावेलले सर्वाधिक ४७ रन बनाए । एनकुर्माह बोनरले ३१ रन जोड्दा रेमन रिफरले २७ रन बनाए ।

बंगलादेशका मोहमद साइफूदिनले ३ विकेट लिए । मुस्ताफिजुर रहमान र मेडी हसनले २/२ विकेट लिए । यस अघि बंगलादेशले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।

अन्य सम्बन्धित समाचार:  मध्यपुरको बी डिभिजन लिगमा पहिलो जित

बंगलादेशको लागि तामिम इकबाल, मुस्ताफिजुर रहमान र ममुदउल्लाहले समान ६४ रन बनाए । वेस्ट इन्डिजका अल्जारी जोसेफ र रेमन रिफरले २/२ विकेट लिए ।