नाभाल्नीको पक्षमा प्रदर्शन चर्किदै

काठमाडौँ । रूसले पश्चिमी देशहरुलाई विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शन गर्नको लागि उक्साएको आरोप लगाएको छ ।
भव्य प्रहरी बल तैनाथ गरिएपनि शनिबार हजारौंको संख्यामा मानिसहरु प्रादर्शनमा सहभागी भएका थिए ।

प्रहरीले करिब तीन हजार पाँच सय मानिसलाई पक्राउ गरेको छ । तर रुसका र्राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले विरोध प्रदर्शनमा निकै कम मानिसले भाग लिएका बताएका छन् ।

एस्टोनिया, लातविया र लिथुआनियाका विदेश मन्त्रीहरुले ‘नाभाल्नीको पक्राउको लागि जिम्मेवार रुसी अधिकारीहरुको विरुद्धमा कडा प्रतिबन्धको माग गरेका छन् ।’

पुटिनका कट्टर विरोधी र आलोचक एलेक्सी नाभाल्नीलाई एक हप्ता पहिला रुस फर्किएपछि पक्राउ गरिएको थियो त्यसपछि उनीहरुले विरोध प्रदर्शनको आह्वान गरेका थिए ।

अन्य सम्बन्धित समाचार:  म्यानमारको निर्वाचन आयोगद्वारा प्रमुख राजनीतिक दलसँग छलफल

नाभाल्नीको समर्थनमा शनिबार रुसको साइबेरिया, मस्को र सेन्ट पीटर्सबर्ग जस्तो सय शहरहरुमा विरोध प्रदर्शन भएको थियो । मस्कोमा दङ्गा प्रहरीहरुले प्रदर्शनकारीलाई पिट्दै र घिसार्दै गरेको दृश्य देखिएको थियो ।

प्रदर्शनहरुमा निरीक्षण गर्नेहरुको अनुसार उक्त प्रदर्शन देशभरी अप्रत्याशित स्तरमा थियो । विशेषगरी राजधानी मस्कोमा करिब एक दशकमा यो सबै भन्दा ठुलो प्रदर्शन थियो ।

सडकमा उत्रिएका प्रदर्शनकारीहरुलाई बसमा यात्रा गरिरहेका मानिसले हात हल्लाएर समर्थन गरेका थिए भने कारमा रहेका मानिसले हर्न बजाएर प्रदर्शनको समर्थन गरेका थिए ।

दवाव बढ्दै गएपछि राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेसकोभले अमेरिकी दुतावासको सन्देशको आलोचना गरेका थिए, जसमा दुतावासले मस्को स्थित अमेरिकीहरुलाई प्रदर्शनबाट टाढा रहन निर्देशन दिइएको थियो ।