काँग्रेस सभापति देउवा र अमेरिकी राजदुत बेरीबीच भेटवार्ता

काठमाडौं। नेपाली काँग्रेसका सभापती तथा पूर्व प्रधानमन्त्री सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीले भेटवार्ता भएको छ। राजदुत बेरीले सोमबार साँझ सभापति देउवासँग भेटवार्ता गरेका हुन्।

अमेरिकामा नयाँ राष्ट्रपतिको रुपमा जो बाइडेनले कार्यकाल शुरु गरेपछि बाइडेन प्रशासनको विश्वव्यापी प्राथमिकताहरूको बारेमा छलफल गर्नेक्रममा राजदुत बेरीले काँग्रेस सभापति देउवालाई भेटेका हुन्।

भेटका क्रममा राजदूत बेरीले लोकतन्त्रहरूको सबलीकरण, जलवायु परिवर्तन तथा महिला अनि बालिकाहरूको अधिकारको प्रवद्र्धन लगायत अमेरिकी सरकारका प्राथमिकताका प्रतिवद्धताहरू पुनः दोहोर्याएका थिए।

अन्य सम्बन्धित समाचार:  प्रचण्ड–माधव समुहद्वारा सुवास नेम्वाङलाई स्थायी समितिबाट निलम्बन