कोभिडविरुद्धको पहिलो खोप टेकु अस्पतालका डाक्टरले लगाउने

काठमाडाैं। कोभिड– १९ विरुद्धको पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारीले लगाउने भएका छन् । टेकु अस्पताल देशको एक मात्र सरुवारोग अस्पताल हो ।

बुधबार बिहान ठीक १० बजे प्रधानमन्त्री केपी ओलीले टेकु अस्पतालबाट खोप अभियानको शुभारम्भ गर्ने कार्यक्रम छ । अस्पतालका निर्देशक राजभण्डारी र कोभिड चिकित्सक डा.अनुप बाँस्तोला दुवैले पहिलो खोप लिने बताएका थिए । तर, निर्देशकका रूपमा रहेकाले राजभण्डारीले पहिलो खोप लिने भएका छन् । दोस्रोमा डा। बाँस्तोलाले लिने सूची तय भएको छ ।

स्वास्थ्य मन्त्रालय र टेकु अस्पताल प्रशासनबीच सोमबार विभिन्न चरणमा छलफल भएको थियो । टेकु अस्पतालमा खोप केन्द्र पनि रहनेछ । निर्देशक राजभण्डारीले ‘कोभिसिल्ड’ खोपको प्रभावकारिता राम्रो भएकाले निर्धक्क भएर लगाउन सबै स्वास्थ्यकर्मीलाई आग्रह गरेका छन् ।

अन्य सम्बन्धित समाचार:  नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै