आजको मौसम: तराईमा बाक्लो हुस्सु

काठमाडौं। मंगलबार मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ। महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । तराईमा भने बाक्लो हुस्सु लागेको महाशाखाले जनाएको छ । बाँकी भू-भागको मौसम सामान्यतय सफा रहेको छ ।

आज दिउँसो गण्डकी प्रदेश र प्रदेश न. १ का उच्चपहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान वुलेटिनमा चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ ।

अन्य सम्बन्धित समाचार:  बाँस्तोला मृत्यु प्रकरणः फरार दुई जना पक्राउ