काठमाडौं। नेपाली काँग्रेसको केन्द्रिय समिति बैठक मंगलबार बस्दैछ। पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारले गरेको प्रतिनिधिसभा विघटनका बिरुद्धमा थप संघर्षका कार्यक्रमहरु सार्वजनिक गर्ने तयारी गरिएको छ।
गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा रोकिएको बैठक आज मंगलबार बस्न लागेको हो। कांग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन्।
यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनालेमात्रै आफ्नो धारणा राखेका छन्। यस्तै बैठकले पार्टीको महाधिवेशनको बिषयमा समेत छलफल गर्ने पाछर्टीका सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारि दिएका छन्।