डडेल्धुरा:क्वारेन्टाईन बनाईएका बिद्यालयमा करोडौको भौतिक क्षती

भावना पौडेल, डडेल्धुरा। बिश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन डडेल्धुरामा प्रयोग भएका बिद्यालयहरुमा करोडौको भौतिक क्षती भएको पाइएको छ।

कोरोना कहरले गर्दा भएका रोजगार गुमाई भारतबाट घर फर्केकाहरुलाई कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लाका २ सय ७८ क्याम्पस तथा बिद्यालयहरुमा क्वारेन्टाईन बनाईएका थिए। तर क्वारेन्टाइनमा बस्नेहरुले विद्यालयका सामग्रीहरुको संरक्षण नगर्दा अहिले पठन पाठनमा समस्या भएको छ।

क्वारेन्टाइनमा बस्नेहरुले फर्निचर तोडफोड, आगजनी, ईमेलईन्टरनेट तारको दुरुपयोग जस्ता क्षती पु¥याएको महेन्द्र माध्यमिक बिद्यालयका शिक्षक असोक बमले बताए। जिल्ला भरि २ सय ७८ बिद्यालयहरुमा क्वारेन्टाईन बनाइएका थिए। ति बिद्यालयहरुमा करिब ८६५४.मानिसहरु क्वारेन्टाइनमा बसे। उनीहरु क्वारेन्टाइन अबधि पार गरेर घर फर्किदा विद्यालयमा करिब १ करोड ५६ लाख बराबरको भौतिक सामग्रीमा क्षती भएको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय डडेल्धुराका प्रमुख रामदत्त भट्टले बताए।

शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय डडेल्धुराले संकलन गरेको बिवरण तथ्यांक अनुसार क्षतीपूर्ति सहितको आचार संहिता निर्माण नगरि बिद्यालयहरु प्रयोग गरिदा बिद्यार्थी आवासिय भवनमा रहेका खानेपानीका धारा, कुर्चिबेन्च फर्निचर, बिद्युत वाईरिङ, ईन्टरनेटका ताहरु र आवासिय लुगाकपडा तथा भाँडाकुँडा तोडफोड गरिदा बिद्यालय भौतिक पूर्बाधार पुनरुत्थान खर्च बढेको हो।

अन्य सम्बन्धित समाचार:  ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

भौतिक क्षतीबाट सबै भन्दा बढि परशुराम नगरपालिकामा ४४ लाख, नवदुर्गा गाउँपालिकामा ३५ लाख, आलिताल गाउँपालिकामा २५ लाख, भागेश्वर गाउँपालिकामा २३ लाख, अमरगढी नगरपालिकामा १२ लाख, गन्यापधुरामा गाउँपालिकामा १० लाख र अजयमेरु गाउँपालिकामा ६ लाख सम्मको क्षती भएको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय प्रमुख भट्टले बताए।

डडेल्धुरा:क्वारेन्टाईन बनाईएका बिद्यालयमा करोडौको भौतिक क्षती बिश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन डडेल्धुरामा प्रयोग भएका बिद्यालयहरुमा करोडौको भौतिक क्षती भएको पाइएको छ। कोरोना कहरले गर्दा भएका रोजगार गुमाई भारतबाट घर फर्केकाहरुलाई कोरोना संक्रमण व्यवस्थापनका लागि जिल्लाका २ सय ७८ क्याम्पस तथा बिद्यालयहरुमा क्वारेन्टाईन बनाईएका थिए। तर क्वारेन्टाइनमा बस्नेहरुले विद्यालयका सामग्रीहरुको संरक्षण नगर्दा अहिले पठन पाठनमा समस्या भएको छ।

क्वारेन्टाइनमा बस्नेहरुले फर्निचर तोडफोड, आगजनी, ईमेलईन्टरनेट तारको दुरुपयोग जस्ता क्षती पु¥याएको महेन्द्र माध्यमिक बिद्यालयका शिक्षक असोक बमले बताए। जिल्ला भरि २ सय ७८ बिद्यालयहरुमा क्वारेन्टाईन बनाइएका थिए। ति बिद्यालयहरुमा करिब ८६५४.मानिसहरु क्वारेन्टाइनमा बसे। उनीहरु क्वारेन्टाइन अबधि पार गरेर घर फर्किदा विद्यालयमा करिब १ करोड ५६ लाख बराबरको भौतिक सामग्रीमा क्षती भएको शिक्षा विकास तथा समन्वय ईकाई कार्यालय डडेल्धुराका प्रमुख रामदत्त भट्टले बताए।

अन्य सम्बन्धित समाचार:  नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ