भारतले ७२ औं गणतन्त्र दिवस मनाउँदै

नयाँदिल्ली। भारतले आज ७२ औं गणतन्त्र दिवस मनाउँदैछ। विगतमा भव्य परेड आयोजना गर्ने गरिएकोमा कोरोनाका कारण यसपटक आकार घटाइएको छ।

यस्तै, यसपटक २५ हजार मानिसमात्र सहभागी हुनेछन् भने १५ वर्षभन्दा कम उमेरका र ज्येष्ठ नागरिकलाई प्रवेश दिइएको छैन। दिवसमा अवसरमा राजधानी दिल्लीको राजपथमा परेडको आयोजना गरिनेछ।

गणतन्त्र दिवसको तयारी हुँदै गर्दा भारतभर सुरक्षा व्यवस्था कडा बनाइएको छ। यसअघि कुनै देशका राष्ट्रप्रमुखलाई प्रमुख अतिथिका रुपमा निम्त्याइने गरिएकोमा यसपटक कसैलाई पनि निम्त्याइएको छैन।

कोरोनाका कारण कसैलाई पनि निम्तो नदिइएको बताइएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि उनले भ्रमण स्थगित गरेका थिए।

अन्य सम्बन्धित समाचार:  मोदीलाई अनुपमको किताब मन पर्यो