प्रचण्ड-नेपाल समुहले काठमाडौंमा सिट्ठी जुलुस गर्दै

काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन घोषणा गरेको दाहाल(नेपाल समूहले आज काठमाडौँमा सिट्ठी जुलुस गर्दैछ । दिउँसो तीन बजेदेखि लैनचौरबाट सुरु हुने जुलुस असन, इन्द्रोचक हुँदै बसन्तपुर पुगेर कोणसभामा परिणत हुनेछ ।

संघर्ष समितिको अगुवाईमा हुने जुलुसमा दाहाल–नेपाल समूहका युवा तथा विद्यार्थी नेताहरुले सिटी फुकेर प्रतिनिधि सभा विघटनविरुद्ध खबरदारी गर्ने दाहाल–नेपाल समूहका युवा संगठनका संयोजक रामप्रसाद सापकोटाले जानकारी दिए ।

संघर्ष समितिका सदस्य पम्फा भुसालका अनुसार भोलि बुधबारदेखि २१ गतेसम्म संविधानसभा सदस्य, संघीय तथा प्रदेश सांसदले माइतीघरमा धर्ना दिनेछन् ।

दाहाल-नेपाल समूहले घोषणा गरेको तेस्रो चरणको कार्यक्रम अनुसार १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युर्वा याली गर्ने, २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ।

अन्य सम्बन्धित समाचार:  मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्तालगत्तै माओवादीका दुई मन्त्रीको राजीनामा

निर्वाचन आयोगले पार्टीको टुंगो लगाएपन प्रतिनिधिसभा विघटन पक्ष–विपक्षमा मत बाँझिदा ओली समुह र प्रचण्ड–नेपाल समुहले छुट्टाछुट्टै जनसभाको आयोजना गरिरहेका छन्।