राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल हुँदै

काठमाडौं। राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछन् । एन्फ कम्प्लेक्स सातदोवाटोमा बिहान साढे ११ बजे हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्दैछ ।

पुलिस दोस्रो जितको खोजीमा हुनेछ । पुलिस चार अङ्कसहित तेस्रो स्थानमा छ भने वालिङसँग एक अङ्क छ । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।

यस्र्त आजै हुने दोश्रो खेलमा विभागीय टोलीहरू एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् । यस खेलमा एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकालाई हराएको थियो ।

अन्य सम्बन्धित समाचार:  काठमाडौँ मेयर कप: काठमाडौँ मेयर्स ११ र एपिएफ विजयी

एपीएफ दुई खेलमा छ अङ्क जोडेर शीर्ष स्थानमा छ । आर्मी भने समान दुई खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ ।