कसले गर्दैछ नागरिक एपमाथि लाखौं साइबर हमाला?

काठमाडौं। सरकारले सार्वजनिक गरेको नागरिक एपमाथि १० दिनमै लाखौं साइबर आक्रमणको प्यास भएको खुलेको छ।

नगरिकलाइ घरबाटै सहज पहुँच दिने उद्येश्यले शुरु गरेको नागरिक एपमाथी दश दिनमै ११ लाख ४७ हजार २८१ पटक साइबर आक्रमणको प्रयास भएको नागरिक एपका साइबर सुरक्षा विश्लेषक मनिष अधिकारीले बताएका छन्।

एपमाथी थुप्रै संशयहरु पैदा भइरहेका बेला साइबर हमालाको प्रयास भएको हो। हामीले यस्ता सबै आक्रमणलाई रोक्न सफल भएका अधिकारीले बताएका छन्।

बेटा सार्वजनिक हुनु अगावै सिस्टममा रहेका सबै सेक्युरिटी प्याच गरिएकाले संभावित खतरा टरेको अधिकारीको भनाई छ । एपमा कुनै किसिमको कमजोरी फेला पारे डेभलपर टिमलाई खबर गरिदिन उनले आग्रह समेत गरेका छन्।

अन्य सम्बन्धित समाचार:  राष्ट्रपतिद्वारा फागुन २३ गते संसद् अधिवेशन आह्वान

अर्को नागरिकको विवरणमा पहुँच बनाउन खोज्ने, सर्भर डाउन गर्ने उद्देश्यका साथ धेरै रिक्वेस्ट हान्ने, टोकन भेरिफिकेसन बाइपास गर्न खोज्ने, सिम कार्ड र नागरिकता भेरिफिकेसन बाइपास गर्न खोज्ने, टोकन राखेको राख्यै गर्ने लगायतका १०६ कोणबाट एपमाथि आक्रमणको प्रयास भइरहेको छ । यी मध्यै अधिकांस प्रयासहरु नेपालबाटै भइरहेको समेत उनको भनाइ छ।

भीपीएन प्रयोग गरेर आक्रमण प्रयास हुने भएकाले लोकेसन तथा आईपी एड्रेस ट्रेस गर्न भने गाह्रो हुने बताइएको छ । एप डेभलपर टिमले ११६ वटा कोणबाट एपमाथि आक्रमणको प्रयास हुनसक्ने आँकलन यस अघि नै गरेको थियो ।