सुनको मूल्य बढ्यो, चाँदीको गिरावट

सुनको भाउ

 काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

सोमवार ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै मंगलबार तेजाबी सुन ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासङ्घका अनुसार मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ। सोमवार प्रतितोला चाँदी १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर १ हजार २ सय ५५ कायम भएको छ।

अन्य सम्बन्धित समाचार:  साताको अन्तिम दिन सेयर बजारमा गिरावट