स्कुल बसको ठक्करबाट चितवन दुईजनाको मृत्यु

काठमाडौं। स्कुल बसको ठक्करबाट चितवनमा दुई जनाको मृत्यु भएको छ। बसको ठक्करबाट मोटरसाइकलमा सवार सोलुखुम्बुको टापटिङ्ग– ५ बस्ने चालक अनिल मगर र पछाडि सवार धरान–९ का गौरव राईको मृतयु भएको हो।

मंगलबार बिहान रत्ननगर नगरपालिका–१० स्थित राजमार्गमा बा२ख ५६७४ नम्बरको बस पूर्वबाट पश्चिम गएर दायांँ मोड्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जांँदै गरेको बा९२प ५२०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिंँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बस चालक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  महाशिवरात्रिका लागि पशुपति क्षेत्रमा ११ समिति सक्रिय