लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्ः विष्णु पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध नगर्ने बताएका छन्।

मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताएका हुन्। ‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ मन्त्री पौडेलले भने।

निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको भन्दै उनले देशको विशेष परिस्थितिलाई ख्याल गरिदिन आग्रह गरे। निर्वाचनबाट नै लोकतन्त्र मजबुत हुने उनको भनाइ छ।

उनले आउँदो वैशाखका लागि तय गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि सिंगो मुलुकले आफूलाई तयार गर्नुपर्ने समेत बताए।

 

अन्य सम्बन्धित समाचार:  सर्वोच्च अदालतको फैसला सामान्यः प्रधानमन्त्री ओली