भारतद्धारा टिकटक सहित ५९ चिनिँया एपहरुमा स्थायी प्रतिवन्ध

काठमाडौं। भारत–चीन सिमा क्षेत्रमा हुने विवाद र पछिल्लो झडपपछि ५९ वटा चिनीयाँ एपहरुमा स्थायी प्रतिवन्ध लगाएको छ।

भारतले टिकटक, हेलो, वि च्याट, अलिबाबाको यूसी ब्राउजर तथा यूसी न्यूज, सीन, क्लब फ्याक्ट्री, लाइकी, बिगो, लाइभ क्वाई, कल्यास अफ किंग्स, तथा क्याम स्क्यानर जस्ता एपहरुमा प्रतिवन्ध लगाएको हो।

भारतको विद्युतीय तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि ऐन अनुसार यी एपहरुमाथि स्थायी प्रतिबन्ध लगाइएको बताइएको छ।

केही समयदेखि अस्थायी प्रतिबन्ध लगाइएको यी एपहरुमाथी अहिले स्थायी प्रतिबन्ध लगाउन सूचना मन्त्रालयले जारी गरेको छ।

अन्य सम्बन्धित समाचार:  जर्मनीमा लकडाउनको समय फेरि थप