छुट्टाछुट्टै ट्याक्टर दुर्घटना : दुई सहचालकको मृत्यु

विराटनगर। छुट्टाछुट्टै ट्याक्टर दुर्घटना हुँदा दुई सहचालकको मृत्यु भएको छ। सङ्खुवासभा पाचखपन–३ स्थित सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा सहचालक पाचखपन–६ का २३ वर्षीय गोविन्द कोइरालाको मृत्यु भएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार सोमवार बेलुका ६ बजेको २ त ५०१० नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा सोही ट्याक्टरका सहचालक कोइराला घाईते भएकोमा उनको स्थानीय प्राथमिक स्वास्थ्य चौकी वानामा उपचारको क्रममा बेलका पौने ७ बजे मृत्यु भएको हो।

यसैगरी यता सुनसरी रामधुनी–७ स्थित भित्री सडक खण्डमा  १ त ३८८४ नम्बरको कुदिरहेको ट्याक्टरका सहचालक अचानक लडेर घाइते भएका थिए। लडेका सहचालक रामधुनी–६ का २० वर्षीय फुल कुमारको उपचारको क्रममा मृत्यु भएको हो।

 

अन्य सम्बन्धित समाचार:  भृकुटीमण्डपमा टिभिएस ग्रान्ड एक्सचेन्ज मेला