प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथि सुनुवाइ जारीः शम्भु थापाले थाले बहस

काठमाडौं। प्रतिनिधिसभा विघटन बिरुद्ध सर्वोच्चमा परेका रिटमाथिको सुनुवाइ मंगलबार पनि सुरु भएको छ।

मंगलबार पनि वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस सुरु गरेका छन्। उनले सोमबार दिउँसोबाटै बहस गरिरहेका छन्।

सोमबार उनको बहस नसकिएपछि मंगलबार पनि निरन्तरता दिएका हुन्। बहसको ११औँ दिन पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ। विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब ३ सय वकिलले नाम टिपाएका छन्।

तर यी सबैले बहस भने गर्नेछैनन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई संसद विघटनका लागि गरेको सिफारिस सदर भएको थियो।

साथै नयाँ निर्वाचनको समेत सोही दिन मिति तोकिएको थियो। सो निर्णयविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको हो।

अन्य सम्बन्धित समाचार:  प्रधानमन्त्री ओलीले स्विच थिचेसँगै सुन्दरीजलमा झर्यो मेलम्चीको पानी