बेचिन लागेकी सात वर्षीया बालिकाकाे उद्धार

जनकपुरधाम। ललाइफकाइ  भारततर्फ लगिरहेका अवस्थामा  सात वर्षीया बालिकालाई धनुषाको सीमावर्ती जटही नाकाबाट उद्धार गरिएको छ।  सय बिघा बस्ने सात वर्षीया काजल दासलाई ललाइफकाइ  भारततर्फ लगिरहेका अवस्थामा  सशस्त्र प्रहरीले उद्धार गरेको हो। 

सशस्त्र प्रहरी बल जटहीका अनुसार बालिकालाई बेच्न लगिरहेका दुई दलाललाई पनि पक्राउ गरिएको छ। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१४ का मनोज महतो र भारत मधुबनी जिल्लाका चन्दनराम छन्।

अन्य सम्बन्धित समाचार:  एकैपटक ३४ शिक्षक सरुवापछि मुद्दा