काठमाडौं। प्रचण्ड–नेपाल नेतृत्वको नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भइसकेको खुलासा गरेकी छिन्।
उनले आज ट्वीट गर्दै तत्कालीन राजा ज्ञानेन्द्र पनि राजतन्त्र सकिने बेला नागरिक अभिनन्दन खाँदै देशभरीका शक्तिपीठ धाउँदै गरेको र अहिले प्रधानमन्त्री ओली त्यसैको सिको गरेर शक्तिपीठ धाउन थालेको जनाइन।
झाँक्रीले आफ्नो ट्वीटमा लेखेकी छन्, ‘तत्कालीन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिँदै थियो। ठीक त्यही बेला उनले ‘नागरिक अभिनन्दन’ खादै देशभरीका शक्तिपीठ धाउँदै गरेको खुब याद आयो खड्ग प्र. शर्मा ओलीले शक्तिपीठ धाएको देखेर। उनको दिनगन्ती सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन’।
तत्कालिन राजा ज्ञानेन्द्र शाहको कारण राजतन्त्र नासिदै थियो,ठिक त्यही बेला उनले “नागरीक अभिनन्दन” खादै देशभरीका शक्तिपिठ धाउदै गरेको खुब याद आयो खड्ग प्र. शर्मा ओलीले शक्तिपिठ धाएको देखेर।
उनको दिनगन्ति सुरू भयो अब। कागजी तानाशाह ढल्न समय लाग्दैन।— Ram kumari Jhakri (@Jhakri_didi) January 26, 2021