२५ किलो गाँजासहित तीन जना पक्राउ

सिरहा। २५ किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। प्रहरीले मिर्चैया नगरपालिका–९ डाँडागाँउबाट करिब २५ किलो गाँजा बरामद गरेको छ।

प्रहरीका अनुसार सोही ठाउँका रणबहादुर श्रेष्ठको घरबाट गाँजा बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घर तलासी गर्दा उक्त गाँजा फेला पारेको जनाइएको छ। हाल श्रेष्ठ भने फरार भएका छन्। 

गाँजा किनबेच गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले धनुषा कमला नगरपालिका–८ का ३३ वर्षीय सञ्जीव मण्डल लगायत तीन जनालाई पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  स्वस्थानी व्रत समापन