काठमाडौंको सवारी व्यवस्थापन गर्न २ सय जना स्काउट सडकमा परिचालन हुने

काठमाडौं। काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरेक हप्ता २ सय जना स्काउटलाई स्वयंसेवकका रूपमा परिचालन गर्ने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महशाखा प्रमुख जनक भट्टराइले राजधानीको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले ट्राफिक र स्वयंसेवकको संयुक्त प्रयासमा कार्यक्रम थालनी गर्न लागिएकोजानकारी दिए।

स्वयंसेवकहरूलाई ट्राफिक ब्यवस्थापन सम्बन्धी आवश्यक तालिम दिएर मात्र आवश्यक स्थानमा परिचालन गरिने महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए।

अन्य सम्बन्धित समाचार:  नेकपा नाम विवादको बहस सकियो, निर्णय फागुन २० गते सुनाउने