काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नागरिक समाजको शान्तिपूर्ण विरोध कार्यक्रममा सरकारले गरेको दमनप्रति आलोचना गरेका छन्। पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्ती र सरकारले नागरिकमाथि गर्ने व्यवहारले सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको बताए।
उनले ट्वीट गर्दै भनेका छन्, सबै प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा नागरिकमाथि प्रधानमन्त्री ओलीझै दमनमा उत्रने गर्दछन्। साथै उनले उक्त दमनले गर्दा नागरिकलाई थप उर्जा प्रदान गर्ने जनाएका छन्।
उनले ट्वीटमा लेखेका छन्र्, सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरी दमनमा उत्रने गर्दछन्। जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो। तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ। अझै प्रतिगमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ’।
#2
सबै प्रतिगामी शासक र तानाशाह नागरिकमाथि आफ्नो अन्तिम घडीमा यसैगरि दमनमा उत्रने गर्दछन्, जसरी सोमवार प्रबुद्ध नागरिकमाथि प्रहार भयो । तर दमनले नागरिकलाई थप उर्जा प्रदान गर्दछ, अझै प्रतिमनसंग डटेर लड्नका लागि प्रतिगमन विरुद्धका सबै आन्दोलनमा मेरो साथ र सर्मथन रहनेछ ।— Ram Chandra Paudel (@NcPaudel) January 26, 2021