प्रहरीमाथि हातपात गर्ने एक जना पक्राउ

पाैने

झापा। प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। शिवसताक्षी नगरपालिका–१ धरमपुरस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय सुजन भन्ने कृष्ण राईलाइ सोमबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ग.३ प ७१४० नम्बरको मोटरसाइकललाइ ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राई र सोही ठाउँ बस्ने २२ वर्षीय धुर्बे तामाङले प्रहरीसँग विवाद गरी हातपात तथा नजिकै रहेको दाउराले प्रहार गरी अभद्र व्यवहार गरेको पश्चात राईलाई मोटरसाइकल सहित पक्राउ गरेको हो।

अन्य सम्बन्धित समाचार:  गहुँबारीमा ८५ वर्षीय वृद्धालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ