प्रतिनिधिसभा पुर्नस्थापना हुन्छः योगेश भट्टराई

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुर्नस्थापना भएरै छाड्ने दाबी गरेका छन्। मंगलबार गृहजिल्ला ताप्लेजुङमा प्रचण्ड-नेपाल समूहले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले आगामी फागुनसम्ममा प्रतिनिधिसभा पुर्नस्थापना हुने बताएका हुन्।

उनले संविधानमाथि ‘कु’ गरेकोले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लाग्न नसकेको बताए। ‘केपी ओलीले २०७४ सालको निर्वाचनामा ताप्लेजुङ आएर भोट माग्नुभएकै हो, तर अहिले उहाँले प्रतिनिधिसभा विघटन गरेर संविधान विरोधी कदम चाल्नुभयो, मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गर्नुभयो’, भट्टराईले भने, ‘त्यसैले प्रतिगमनको पक्षमा लाग्न मेरो विवेकले दिएन।’

उनले पाथीभरा मातालाई साक्षी राखेर, सोधेर, विचार गरेर आफूले ओलीको कदमलाई प्रतिगमागी ठहर गरेको बताए। ‘पाथीभारा साक्षी राखेर भन्दा केपी ओलीको कदम गलत लाग्यो। ताप्लेजुङ र पाथीभरालाई सम्झेँ, कञ्चनजंघा र कुम्भकर्णलाई सम्झिएँ। उनीहरुसँग आदेश मागेँ, मैले के गरौँ?’, उनले भने, ‘पाथीभरा माता, तमोर र काबेलीसहित यहाँका सबै प्रकृतिले तैँले विवेक नगुमाई, सत्यको पक्षमा उभिइ, प्रधानमन्त्रीको कदम ठीक छैन विरोध गर भनेर आदेश दिएपछि म आन्दोलनमा होमिएको छु।’

अन्य सम्बन्धित समाचार:  अख्तियार प्रमुखले दोहोरो सुविधा नलिने