नेपाल इन्फ्रास्ट्रक्चर बैंककाे साधारण शेयर बाँडफाँडकाे तयारीमा

काठमाडाैै। नेपाल इन्फ्रास्ट्रक्चर बैंक सर्वसाधारणाकाेलागि जारी गरेकाे साधारण शेयर बाँडफाँडकाे तयारीमा रहेकाे छ। शुक्रबारसम्ममा बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले बाँडफाँड गर्ने गरी तयारी थालेकाे हाे। बुधबार सम्ममा आवेदन भेरिफिकेशन गरेर शुक्रबार भित्रै शेयर बाँडफाँड गर्ने क्यापिटलले उल्लेख गरेकाे छ।

बैंकले जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो। त्यस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशन गरेकाे थियाे।

अन्य सम्बन्धित समाचार:  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समयमै सम्पन्न गर्न ‘हाम्रो रङ्गशाला, मेरो कुर्ची’ अभियान शुरु

बैंकले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि मागेकाे आवेदनमा १५ लाख २९ हजार ४६० जनाले गरि १८ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बराबरको आवेदन दिएका थिए।

आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ठुलो संख्यामा शेयर निष्काशन गरेकोले आईपीओमा आवेदन गर्ने सबैले करिब ५० कित्ता शेयर पाउने भएका छन्। हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ बराबरको आईपीओ बाँडफाँट पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्ने बताईएकाे छ।