प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ। प्रधानमन्त्रीले अदालतको मानहानी गरेको भन्दै अधिवक्ता कुमार शर्मा आचार्यले मंगलबार अदालतमा मुद्दा दायर गरेका हुन्।

आइतवार नै पेश भए पनि मंगलवार सर्वोच्चले आचार्यको रिट दर्ता गरेको हो। आइतवार ५२२१ नम्बरमा रिट दर्ता भएको निवेदक आचार्यले जानकारी दिए।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई अदालतमा लगेर तमासा गरेको भन्ने ओलीको अभिव्यक्तिले अदालतको अवहेलना गरेको निवेदनको दाबी छ।

प्रधानमन्त्री ओलीले सोमवार दाङमा आयोजित कार्यक्रममा अदालतको अवहेलना हुने केही काम नगरेको बताएका थिए।

 

 

अन्य सम्बन्धित समाचार:  ओली पक्षको संसदीय दलको बैठकः बहुमत सांसद उपस्थित भएको दाबी