महाधिवेशनको माग गर्दै सानेपामा नेविसंघको प्रदर्शन

काठमाडौं। नेपाल विद्यार्थी संघ नेविसंघले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेको छ। नेविसंघलाई निर्वाचित नेतृत्व दिनुपर्ने र त्यसका लागि महाधिवेशनको मिति तत्काल घोषणा गर्नुपर्ने माग राख्दै असन्तुष्ट समूहले कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन्।

सभापतिज्यू हाम्रो नेविसंघ कता खोइ?’ ‘नेविसंघ महाधिवेशन कहिले हुन्छ?’ ‘विधानको प्रावधान ३२ वर्षे कता छ?’ जस्ता प्लेकार्ड बोकेर पार्टी केन्द्रीय समिति बैठक चलिरहेको बेला प्रर्दशन गरेका हुन्।

नैनसिंह महरको कार्यकाल सकिएपछि कांग्रेसले राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ अधिवेशन कमिटी बनाएको थियो। तर लामो समय भइसक्दा पनि अझै महाधिवेशन कार्यतालिका नबनाएपछि सानेपामा प्रदर्शन गरेको हो।

कांग्रेस केन्द्रीय समिति बैठक केन्द्रीय कार्यालयमा जारी छ।

अन्य सम्बन्धित समाचार:  ‘एमसिसी सम्झौताप्रति काँग्रेस सकारात्मक’