डोरीले घाँटी कसेर दुई वर्षीया छोरीको हत्या

अर्घाखाँची।  अर्घाखाँचीमा बाबुले २ वर्षीया छोरीको हत्या गरेका छन्। सितगंगा नगरपालिका–२ झिर्रा गाउँमा २४ वर्षीय सन्तोष घिमिरेले २ वर्षीया छोरी सृष्टिको डोरीले घाँटी कसेर हत्या गरेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार छोरीलाई घरमा एक्लै भएको मौका छोपेर घिमिरेले घरभित्रै सुतिरहेको बेला मंगलबार दिउँसो साढे १२ मा छोरीको हत्या गरेका हुन। सन्तोषकी श्रीमती केही महिनादेखि कपिलवस्तुको चार नम्बरमा बस्दै आएकी जनाइएको छ।

दुई दिनअघि श्रीमतीलाई लिन चार नम्बर गएका थिए तर उनकी श्रीमतीले आउन मानिनन्। श्रीमान–श्रीमतीको झगडा भएपछि रिसको झोकमा एक मात्र छोरीको उनले हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ। बस्नेतका अनुसार हत्यापछि सन्तोषलाई प्रहरीले पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको छ।

अन्य सम्बन्धित समाचार:  बाख्राफार्ममा आगलागी हुँदा ६० लाखको क्षति