काठमाडाैै। नेप्से परिसूचक मंगलबार १७.७९ अंकले घटेर २४२३.०९ अंकमा कायम भएको छ। आज २०७ वटा कम्पनीको १ करोड ९६ लाख ६ हजार ५ सय ५५ कित्ता सेयर ६३ हजार ८ सय १८ पटक खरिद बिक्री हुँदा ८ अर्ब २७ करोड ९७ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
होटल र वित्त समूहको उपसूचकमा क्रमशः ५४.०५ र १३.०५ अंकले बढ्दा बाँकी सबै समूहको उपसूचक घट्न पुगेकाे हाे।
आज सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक ९८.५७ अंकले घटेको छ भने बैंकिङ समूह ६.८१, व्यापार समूह ९२.४२, विकास बैंक समूह २९.४८ र जलविद्युत समूह २७.५ अंकले घटेको छ। उत्पादन समूह ४१.८७, लघुवित्त समूह ५९.७२, जीवन बिमा समूह ४१.०९ र अन्य समूह २६.७९ अंकले घटेको छ।
कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स र कारोबार भएका सेयर संख्याका आधारमा नबिल इक्विटी फन्ड पहिलो नम्बरमा देखिएका छन्।
मंगलबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ४.९५ प्रतिशतका दरले गुमाएका छन्।