केपी ओलीलाई नेकपाको नाम समेत नलिन नेपालको चेतावनी

पाँचथर। नेकपा प्रचण्ड–माधव समूहका बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिएका छन्। नेकपाको ताप्लेजुङमा आयोजित कार्यक्रममा नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ओलीलाई अध्यक्षबाट हटाइसकेको खुलासा गरेका गरे।

नेपालका अनुसार निर्वाचन आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेको छ। साथै नेकपासँगै सूर्य चिन्ह पाउने आशा मार्न पनि प्रधानमन्त्री ओलीलाई उनले आग्रह गरे। उनले भने, ‘सूर्य पाउन आशा नगर्दा हुन्छ। बयलगाडा लिएर गए हुन्छ’। केपी ओली निर्वाचनबाट आएको तानाशाही भएको आरोप लगाए। वामदेव गौतमले ओलीलाई सुर्धाछु भन्नु बालुवा पेलेर तेल निकाल्ने कुरा भएको उनले दाबी गरे।

निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको उनले जानकारी दिए।  ‘४४१ मध्ये ३०० जना बसेर अध्यक्षबाट निकाली सकिएको छ। अब ओली नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष होइनन्’,। ओलीलाई नेकपाको नाम समेत नलिन चेतावनी दिँदै उनले भने, ‘यदि, अध्यक्ष नै बन्ने मन छ भने ओली गुटको अध्यक्ष लेखे हुन्छ। गुटको अध्यक्ष बन्नुहोस्, घरको अध्यक्ष बन्नुहोस्।’

अन्य सम्बन्धित समाचार:  गण्डकी प्रदेशमा विशेष अधिवेशन बोलाउन तीन दलको माग