जुम्लामा आगलागी, ३० घर जलेर नष्ट

जुुम्ला। जुम्लाको तिला गाउँपालिका– ७ गोठीगाउँमा आगलागी हुँदा ५५ मध्ये ३० घर जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले आगलागीबाट ३० घर जलेर नष्ट भएको बताएको छ।

डिएसपी माधवप्रसाद काफ्लेका अनुसार अहिले पनि आगो नियन्त्रणमा आउन सकेको छैन । उनले भने, ‘आगलागी भएको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएका छन्।’

सदरमुकामबाट गाडीमा ४५ मिनेटमा गाउँपालिका केन्द्र पुगिने र त्यहाँबाट तीन घन्टा हिँडेर आगलागी भएको गाउँसम्म पुग्न सकिने प्रहरीले जनाएको छ। काफ्लेले भने, ‘हामीले जिल्लाबाट टोली पठाएका छौँ ।

तीनवटै सुरक्षा निकायका टोली त्यसतर्फ प्रस्थान गरिसकेका छन्। स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन्। त्यहाँ पानीको पनि उपलब्धता नभएकाले आगो नियन्त्रणमा ल्याउन समस्या भएको बुझिएको छ।’

अन्य सम्बन्धित समाचार:  स्वस्थानी व्रत समापन