प्रचण्ड-नेपाल समूहको माइतीघरमा धर्ना

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएको छ। प्रतिनिधि सभा विघटनविरुद्ध बुधवार पार्टी नेता कार्यकर्ताका साथै संविधानसभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यहरुले धर्ना दिएका हुन्।

धर्नामा सहभागीहरुले ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।

प्रचण्ड–माधव पक्षले माघ १३ गतेबाट तेस्रो चरणका संघर्षका कार्यक्रम जारी राखेको छ। जसअन्र्तगत माघ १४ देखि २१ सम्म धर्ना कार्यक्रम जारी राख्ने कार्यक्रम रहेका छन्। त्यस्तै माघ १५,१६ र १७ क्रमशः बुटवल, विराटनगर र धनगडीमा तथा २८ गते काठमाडौमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने तय भएको छ।

अन्य सम्बन्धित समाचार:  बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी