जुम्लामा भएको आगलागीमा ३ करोड भन्दा बढीको क्षति

Latest Nepali News, Politics, Videos, Entertainment & Sports

जुम्ला। जुम्लाको तिला गाउँपालिका – ७ स्थित गोठी गाउँमा भीषण आगलागी हुँदा ३२ घर जलेर नष्ट भएका छन्। उक्त आगलागिबाट करीब तीन करोड भन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले जाकारी दिए।

वडाअध्यक्ष हस्त बुढाका अनुसार सो आगलागी भएका घरबाट करीब ६४ वटा पशुचौपाया जलेर मृत्यु भएको छ। सुधारिएको चुलोेको माथिल्लो भागबाट एक घरको छानोमा रहेको घाँसमा आगो सल्किएपछि गाउँभरि फैलिएको वडाध्यक्ष बुढाले जनाए। आगलागी भएको गाउँमा अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी र स्थानीवासीले आगो नियन्त्रणमा लिएको उनले बताए।

राहतको लागि कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसँग समन्वय भई प्रदेशबाट केही राहतका सामग्री ल्याएर आउने तयारी रहेको गाउँपालिका अध्यक्ष रतनाथ योगीले जानकारी दिए।

अन्य सम्बन्धित समाचार:  महिला लघुवित्तको सेयर रजिष्ट्रारको काम नेपाल एसबिआई मर्चेन्ट मार्फत