भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न अमेरिकाको आग्रह

काठमाडौं। अमेरिकाले भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ। बाइडन प्रशासनले ट्राभल एडभाइजरी जारी गर्दै आफ्ना नागरिकहरुलाई ती देशको भ्रमण नगर्न आग्रह गरेको हो।

अमेरिकाले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको छ। अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा समेत नजान भनेको छ। आतंकवादी संगठनहरु सीमा क्षेत्रमा सक्रिय रहेको अमेरिकाको ठहर छ।

भारत–पाकिस्तानको सीमा क्षेत्रमा गोलीबारी भएको खबरहरु सार्वजनिक भइरहेका छन्।

अन्य सम्बन्धित समाचार:  अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राखेको आतङ्कवादी संगठनको स्विकारोक्ति