नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन ओटा कम्पनीको बोनस शेयर बुधवार सूचीकृत भएको छ। साल्ट ट्रेडिङ कर्पोरशेन लिमिटेडको ३ लाख ८४ हजार ४८८ कित्ता बोनस शेयर, फर्स्ट माइक्रोफाइनानस लघुवित्त वित्तीय संस्थाको ७ लाख ६० हजार ७०४ दशमलव ५४ कित्ता र सिटीजन्स बैंक इन्टनेसनलको ७२ लाख ७१ हजार ८५३ दशमलव ८३१८ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

ती तीन ओटै कम्पनीको बोनस शेयर हितग्राही खाता (डिम्याट एकाउन्ट) मा आएपछि शेयरधनीले खरीदविक्री गर्न पाउनेछन्। साल्ट ट्रेडिङ कर्पोरशनले मंसिर ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो।

त्यसैगरी फर्स्ट माइक्रोफाइनान्सले मंसिर १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ दशमलव ५० प्रतिशत बोनस शेयर र सिटीजन्स बैंकले ८ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो।

अन्य सम्बन्धित समाचार:  चिनको लगानीबाट नेपालमा उत्पादन भएको बिजुली भारतमा प्रतिबन्ध