सांसदको रिटमा बहस गर्न १५ मिनेट समय दिइने

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाका सांसदहरुले दिएको रिटमा बहस गर्न समय तोकेका छन्। नेकपा संसदीय दलका नेता देव गुरुङसमेतको रिटमा सर्वोच्चमा सोमबारदेखि बहस भइरहेको छ। बुधबार सोही रिटमाथि बहस भइरहेका बेला प्रधानन्यायाधीश जबराले यस रिटमा बोल्न एक जना कानुन व्यवसायीलाई १० देखि १५ मिनेट मात्र समय दिन सक्ने बताएका हुन्।

प्रधानन्यायाधीश जबराले यसपछि पनि संसद विघटनसम्बन्धी ६ वटा रिटमा सुनुवाइ बाँकी रहेको भन्दै धेरै समय नलिन आग्रह गरेका हुन्। ‘तपाईंहरुको सकिएपछि अझै बाँकी ६ वटा निवेदन छ। उहाँहरुलाई पनि समय दिनैपर्‍यो। यसलाई प्रिय नै मानिदिनुहोला’ उनले भने।

देव गुरुङसमेतको रिटमा वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौला, शम्भु थापा, सुरेन्द्र महतो, शेरबहादुर केसी, अधिवक्ता मेघराज पोखरेललगायतले बहस गरिसकेका छन्।

अन्य सम्बन्धित समाचार:  देशभर थप ८१ जनामा कोरोना संक्रमण पुष्टि