नेप्से १८.७६ अंकले बढेर २४४१.८५ विन्दुमा उक्लियाे

काठमाडाैं। बुधबार शेयर बजार मापक नेप्से सूचक १८ अंकले बढेपनि सेन्सेटिभ सूचक भने घट्याे। नेप्से सूचक १८.७६ अंकले बढेर २४४१.८५ विन्दुमा उक्लिएको भए पनि सेन्सेटिभ सूचक भने ०.८६ अंकले घटेको हाे।

बुधबारको बजारमा बीमा कम्पनीहरुमा लगानीकर्ताको आकर्षण उल्लेखनिय रह्ये। आज जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ६.२५ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक पनि ३.९८ प्रतिशतले बढेको छ। होटल उपसमूहको सूचक भने सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ। नेपाल लाइफ ईन्सुयाेरेन्सको बोनस शेयर वितरणको लागि मूल्य समायोजन भएको थियो। समायोजित मूल्यमा शेयर खरिद गर्ने लगानीकर्ता बढ्दा इन्स्योरेन्सको शेयरमूल्यमा बुधबार सकारात्मक सर्किट लागेको हो।

अन्य सम्बन्धित समाचार:  अर्बुदरोग पीडितलाई रु १८ लाख उपचार खर्च

त्यस्तै, आरम्भ चौतारी लघुवित्तको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ९.९७ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ९.९६ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९.९१ प्रतिशत र नेश्नल हाइड्रोपावरको ९.८५ प्रतिशतले बढेको छ।