काठमाडौं। कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला परेको कुवेतको फौजदारी घटना विभागले जनाएको छ। घटना विभागका अनुसार मृतकको कंकाल (हड्डी र खप्पर) कुवेतस्थित अब्दालीको मरुभूमिबाट करिब दुई किलोमिटर टाढा भेटिएको हो।
उक्त व्यक्ति कथित रूपमा मारिएको र उसको अवशेष बालुवाले ढाकेको अवस्थामा फेला परेको विभागका एक अधिकारीले बताएका छन्। अधिकारीका अनुसार जंगली कुकुरहरूले उक्त स्थानमा उत्खनन् गरेपछि घटना सार्वजनिक भएको हो।
मृतक नेपाली केही महिना अघिदेखि हराएको र प्रहरीलाई रिपोर्ट गरिएको थियो। उनी को हुन् भन्ने बारे खुलाएको छैन्। हत्याराको पनि केही जानकारी नपाएको अरब टाइम्सले जनाएको छ।
अनुसन्धान विभागले उक्त स्थानमा थप कर्मचारी पठाएर हत्याराको पहिचान गर्नको लागि काम गरिरहेको जनाएको छ। घटनाको थप अनुसन्धान भैरहेको छ।