प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा छु: वामदेव गौतम

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आफू प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा रहेको बताएका छन्। बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भङ्ग नगरी राजीनामा दिएको भए उनको इज्जत बढ्ने बताए।

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ। ओली र प्रचण्ड–नेपाल समूहमा नेकपा विभाजित देखिए पनि गौतम पार्टी एकताकै पक्षमा आफू उभिएको बताँउदै आएका छन्। गौतमले आज आफूपक्षिय भेला ललितपुरको धोविघाटमा गरेका हुन्।

अन्य सम्बन्धित समाचार:  सरकारको नेतृत्व परिवर्तन हुँदैन: मुख्यमन्त्री राई