“दशा लागेको रहेछ पार्टी छाडेर गए” -प्रधानमन्त्री ओली

काठमाडाैं। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनापछि नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालहरु नागरिक अगुवा बन्ने बताएका छन्।

नागरिक अगुवासँग लागेको भन्दै दाहाल र नेपाल समूहको उनले आलोचना गरेका हुन्। काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टी छाडेर जानेलाई दशा लागेको  समेत बताए।

“दशा लागेको रहेछ पार्टी छाडेर गए, कमिलाको पनि काल आएपछि पखेटा पलाउँछ। यी कमिलाका पखेटा पलाए, अब जनताले माफ गर्नेछैनन्,” ओलीले भने, “तीन महिनापछि यी सबै नागरिक अगुवा हुनेछन्।”

ओलीले प्रचण्ड–नेपाल समूहको पार्टीले १० सिटभन्दा धेरै जित्ने अवस्था नभएको बताउँदै भने, “बिचराहरुलाई निद्रा पर्न छोड्या छ।”

अन्य सम्बन्धित समाचार:  सभापति देउवाद्वारा डा. उप्रेतीको निधनप्रति दुःख व्यक्त