यूनिमोनी कतार र आइएमईवीच सम्झौता

काठमाडौं।  कतारकाे यूनिमोनी र नेपालको विप्रेषण सेवा प्रदायक कम्पनी आइएमई लिमिटेडबीच पीटुपी मनी ट्रान्सफरको लागि समझदारी भएको छ।

यस समझदारीपछि अब यूनिमोनी कतार मार्फत रेमिट्यान्स गर्ने नेपाली नागरिकले सिधैँ प्रापकको आइएमई पे वालेटमा रकम प्राप्त गर्न सक्ने सुविधा पाउने भएका छन्।

याे समझदारी डिजिटल ट्रान्सफरमेसनमा दुवै कम्पनीका लागि एउटा महत्त्वपूर्ण फड्को रहेको पनि जनाइएको छ। यो सम्झौताबाट कतारमा रहेका आफ्ना सेवाग्राहीहरूलाई डिजिटल प्लेटफर्ममा जोडिने अवसर प्रदान  गरेको पनि दुवै कम्पनीले जनाएका छन्। 

यूनिमोनी कतार र आइएमईवीच सम्झौताको विषेश सुविधा   

रोजगारीका वा व्यापार व्यवसायका लागि कतारमा रहेका नेपालीहरुले यूनिमोनी कतारबाट पठाएको पैसा आइएमई पे वालेटमा प्राप्त गर्नेगरी आइएमई डिजिटल र आइएमई लिमिटेडसँग सम्झौता गर्न पाउँदा खुशी लागेको यूनिमोनी कतारका  महाप्रवन्धक फ्ल्योद जोहनीले बताएका छन्। 

उनले आइएमई पे मा दर्ता भएको मोबाइल नम्बर र  प्राप्तकर्ताको नामका आधारमा रेमिट्यान्स नेपाल पठाउन सकिने उल्लेख गरे। आइएमई डिजिटल सोलुसन लिमिटेडका  अध्यक्ष हेमराज ढकालले कोरोना भाइरस महामारीको समयमा सेवाग्राहीहरूले सुरक्षित तवरले आफ्नो वालेटमा नै रकम प्राप्त गर्न सक्नु धेरै महत्त्वपूर्ण रहेको जनाए।

अध्यक्ष ढकालले कतार नेपाल भित्रिने रेमिट्यान्सको मुख्य श्रोत भएको उल्लेख गर्दैे यो सेवाको  विस्तारसँगै नेपाल भित्रिने रेमिट्यान्समा कतारको योगदान बढ्दै जाने विश्वास समेत व्यक्त गरे।  

वार्षिक आठ खर्वभन्दा बढी विप्रेषण भित्र्याउँदै आएको नेपाल रेमिटेन्समा दक्षिण एशियाकै ठूलो  बजार मानिन्छ। यूनिमोनीका लागि नेपालको रेमिट्यान्स बजार मुख्य प्राथमिकतामा पर्दै आएको  सन्दर्भमा यो सम्झौताले सेवाग्राहीलाई थप सहजता थप्ने विश्वास गरिएको छ।

सेवा  सुभारम्भका अवसरमा आइएमई डिजिटलले यूनिमोनी कतार मार्फत पठाएको रकम प्रापकले  सिधै आइएमई पे वालेटमा प्राप्त गर्दा प्रति करोबार रू. ६० सम्म क्यास ब्याक सम्म पाउन सक्नेछन्। 

अन्य सम्बन्धित समाचार:  आइतवारदेखि धितोपत्र कारोबारमा १७ परिसूचक