बालिका बिक्री गर्न लैजाँदै गरेको अवस्थामा पक्राउ

धनुषा। ६ वर्षीया बालिकालाई भारततर्फ बिक्री गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका १२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। महतोले बालिकालाई बेचबिखन गर्नको लागि लगेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी जटहीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा नगराईन नगरपालिका २ स्थित सडकबाट फेला पारी पक्राउ गरेको हो। महतो उपर मानव बेचविखन तथा ओसारपसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

अन्य सम्बन्धित समाचार:  रौतहटबाट अवैध सालको काठ बरामद