पछिल्लो २४ घण्टामा देशभर थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर

काठमाडौं। पछिल्लो २४ घण्टामा आज देशभर थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म देशभर २,७०,३७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने हाल देशभर ३,२८६ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। 

त्यसैगरी आज देशभर २४६ जना कोरोना संक्रमित निको भएका छन्। साथै आज देशभर ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ भने हालसम्म देशभर २,०२० जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

अन्य सम्बन्धित समाचार:  जोन्सन एण्ड जोन्सनको कोरोना खोपलाई अमेरिकामा स्वीकृति