लकडाउन खुलाउन माग गर्दै प्रदर्शन, दर्जनौँ घाइते

काठमाडौं। लेबननमा कोरोना महामारीको कारण लकडाउन गरिएको छ। सरकारले लगाएको लकडाउनका कारण आर्थिक अवस्था झन् बिग्रँदै गएको भन्दै स्थानीयहरु प्रदर्शनमा उत्रिएका छन्। देशको उत्तरी भेगस्थित मंगलबार रातभर प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। उक्त झडममा ४५ जना भन्दा धेरै घाइते भएका जनाइएको छ। 

तीमध्ये केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। प्रदर्शनको क्रममा प्रदर्शनकारीहरूले सरकारी कार्यालयहरूमा ढुंगा प्रहार गर्नुका साथै मुख्य सडकका चोकमा अवरोध खडा गरिदिएका थिए।

गत साता सरकारी अधिकारीहरूले २ साताका लागि लकडाउन लम्ब्याएपछि थप तनाव बढेको जनाइएको छ। साना व्यवसायमा पनि लकडाउनले गम्भीर असर पर्ने भएकाले लकडाउन खुलाउनुपर्ने प्रदर्शनकारीहरूको माग छ।

अन्य सम्बन्धित समाचार:  अम्बानीको घरअगाडि विस्फोटक पदार्थ राखेको आतङ्कवादी संगठनको स्विकारोक्ति