भारतबाट अवैधरुपमा भित्र्याइएका तीन सय कुखुरा नष्ट

बारा। बारामा भारतबाट अवैधरुपमा भित्र्याइएका तीन सय वटा लेयर्स कुखुरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए। उनका अनुसार बाराको पथलैयाबाट बरामद गरिएको तीन सय वटा लेयर्स कुखुरा दुधौरा खोलाको किनारमा खाल्डो खनी पुरेर नष्ट गरिएको हो।

पशु क्वारेन्टाइन कार्यालय र प्रहरी चौकी पथलैयाको टोलीले चेकजाँचको क्रममा बुधबार बिहान ३ बजे कुखुरा बरामद गरेको जनाइएको छ।
बसमा भेटिएका तीन सय वटा कुखुरा भारतबाट ल्याएकोले नष्ट गरिएको पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका प्रमुख डाक्टर हरेराम यादवले बताएका छन्।

नष्ट गरिएका कुखुराको बजार मूल्य करिब २ लाख रुपैयाँ रहेको अनुमान गरिएको छ।  काँकडभित्ताबाट नारायणगढ जाँदै गरेको ना ६ ख २४६६ नम्बरको बसको छतमा प्याजको बोरामा लुकाएर कुखुरा राखिएको थियो ।

अन्य सम्बन्धित समाचार:  नेपाललाई कार्बन उत्सर्जन कटौतीबापत ५ अर्ब