काठमाडौं। कोरोना महामारीले गर्दा अस्पतालमा सङ्क्रमितको संख्या बढेपछि बेड खाली गर्न वार्डमा दुई बिरामीको हत्या गरेको आरोपमा इटालियन डाक्टर पक्राउ परेका छन्।
६१ वर्षीया नाताल बास्सी र ८० वर्षीया एन्जेलो पलेट नामका दुई बिरामीहरूलाई गत मार्चमा लोम्बार्डीको अस्पतालमा एनेथेसियाको घातक डोज दिएको आरोपमा ४७ वर्षीय कार्लो मोस्का नामका डाक्टर पक्राउ परेका हुन।
नर्सहरूको सन्देशमार्फत उनले २ बिरामीको हत्या गरेको पत्ता लागेको जनाइएको छ। अधिकारीहरूले थप तीन मृत्युको अनुसन्धान गरिरहेका छन्। उनीहरूको दाबी अनुसार मोस्काले मृतकको मेडिकल रेकर्ड परिवर्तन गरेका थिए। मोस्कालाई अहिले मन्टुआमा उनको घरमा नजरबन्दमा राखिएको छ।